Comments Add Comment

सुन तोलामा सय रुपैयाँ घट्यो

gold१२ साउन, काठमाडौं । आइतबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ५३ हजार ४ सय रुपैयाँ तोकेको छ ।

आइतबार छापावाल सुन तोलाको ५३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । पछिल्ला दिनहरुमा सुनचाँदीको भाउमा उतार-चढाव जारी रहेको छ ।
तेजाबी सुनको भाउ पनि सोमबार तोलामा सय रुपैयाँ घटेर ५३ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहको छ ।

आइतबार तोलामा १३ रुपैयाँले बढेको चाँदीको भाउ सोमबार ८ रुपैयाँले घटेको छ । महासंघका अनुसार सोमबार चाँदी तोलाको ८ सय २० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी तोलाको ८ सय २८ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment