Comments Add Comment

रौतहटमा भारतीय महिला मृत भेटिइन्

गौतम श्रेष्ठ

१२ साउन, रौतहट । रौतहटमा एक भारतीय महिला मृत फेला परेकी छिन् । रौतहटको मत्सरी-३ नजिकै रहेको बाग्मती नदी किनारमा २० वर्षीया महिला मृत फेला परेकी हुन् । सोमवार विहान बाग्मती नदी किनारमा रहेको बाँसघारीमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक महिलाको नाम नखुले पनि भारत बिहार सितामढी जिल्ला मिर्जापुर निवासी रहेको र निजका आफन्तजनलाई सम्पर्क गरिएको प्रहरीले जनाएको छ । विगत एक महिना देखि हराइ रहेकी महिला मृत भेटिनुले अपहरण पछि हत्या भएको हुन सक्ने आशंका रहेको प्रहरीले जनाएको छ ।

मृतक महिलाका आफन्तजनले छोरी हराएको बारेमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी समेत गरेका थिए । नातामा भिनाजु पर्ने सर्लाही खैरवा-९ का कृष्णा यादवले आफ्नै सालीको अपहरण गरेको भन्दै परिवारजनले तीन साता अघि प्रहरीमा उजुरी दिएका थिए । सालीसँगको अनैतिक सम्बन्धका कारण गर्भ रहन गएपछि यादवले गर्भपतन गराउन दबाब दिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment