Comments Add Comment

अनुको साउने कुरा, श्रीमानका लागि हैन हरियो चुरा

anu-shah
नायिका अनु शाह यसबर्ष घरमा जुठो परेकाले साउनको ब्रत बस्न पाइनन् । यसकारण पनि उनका लागि साउन महिना केही खल्लो भएको छ । ब्रत नबसेपनि उनको हात हरिया चुराले सजिएका छन् ।

चलचित्र ‘धौली’को छायांकन सकेर काठमाण्डौ फर्किएकी नायिकाले अनलाइनखबरसँग भनिन्, मैले थाहा पाएदेखि सधै नै साउनमा ब्रत बस्ने गरेको छु । तर यसपटक नभएकाले मन खिन्न पार्दै बस्न सकिन ।’

अनुले हातमा हरिया चुरा लगाएकी छिन् । तर उनको हरियो चुरा असल पति पाउँ भनेर होइन । अनुले भनिन्-‘घरमा सबैजना बसेको देखेर ब्रत बस्न थालेकी हुँ । शिव जस्तै पति पाउँ भन्ने कामना मेरो कहिले पनि होइन ।’

उनले आफूले बस्दै आएको ब्रत डाइटिङ र असल श्रीमानका लागि नभएको प्रष्ट पार्दै अगाडि भनिन्-‘ब्रत बस्दा फलफूल पनि खाने भएकाले खासै गाह्रो भने हुँदैन ।’ anu-shah-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment