Comments Add Comment

रिहनाको बायाँ खुट्टा पाक्यो

तस्वीरः विजय गजमेर

१२ साउन, नेपालगञ्ज । दाइजोका कारण आगोमा जलाइएकी २० वर्षीया रिहाना ढपालीको उपचारका लागि अर्थिक अभाव भएको छ ।

रहनाको दायाँ खुट्टाको घाउ पाक्न थालेपछि उनी चिन्तित बनेकी छन् । तराई मानव अधिकार रक्षक सञ्जाल थर्ड एलायन्स उपक्षेत्रीय कार्यालय नेपालगन्जसँग उपचारका लागि व्यवस्था मिलाइदिन माग गरेपछि नेपाल इक्रा एजुकेसनल फाउन्डेसन बाँकेले आर्थिक सहयोग गरेको छ ।

रिहनाको निःशुल्क उपचारका लागि महिला तथा बालबालिका कार्यालय नेपालगन्जले भेरी अञ्चल अस्पताललाई पत्र लेखेपनि रिहनाले मेडिकल कलेजमा उपचार गराउने बताएकी छिन् । रिहनाको उपचार मेडिकल कलेज नेपालगन्जमा हुने बुबा समिम शेष ढपालीले बताए ।

पाँच महिना पहिला बाँके लक्ष्मणपुर- ८ मियापुरकी रिहनालाई मोटरसाइकल र भैँसी दाइजो नल्याएको भन्दै उनकै पति र सासूले जलाएर मार्ने प्रयास गरेका थिए ।

उपचारका लागि वीर अस्पताल पुगेकी रिहनाले विभिन्न संस्थाको सहयोगमा उपचार गराएर आफ्नो माइती घर हिरमिनिया फर्केको एक महिना भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment