Comments Add Comment

घाइते पत्रकारको उपचार गर्न सेजनद्धारा कोष खडा, सहयोगका लागि अपिल

१२ साउन, काठमाडौं । सडक दुर्घटनामा परी घाइते भएका आर्थिक पत्रकारद्धय किरण अधिकारी र मोदनाथ ढकालको उपचारका लागि आर्थिक पत्रकार समाज (सेजन)ले कोष खडा गरेको छ ।

Sejon-Logoगत शुक्रबार नगरकोटबाट काठमाडौं फर्किदा दिउँसो साढे १२ बजेतिर भक्तपुरको जीतपुरमा गाडी दुर्घटना परि दुबैजना घाइते भएका हुन् । उनीहरुले ब्याचलर प्रथम वर्षमा अध्ययनरत पत्रकारिताका विद्यार्थीहरुलाई प्राक्टिकलका लागि नगरकोट लगेका थिए ।

दुबैजनाको अहिले ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुसहित अन्य ३ जना विद्यार्थीहरुको पनि अहिले अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालले दिएको जानकारी अनुसार अधिकारीको टाउकोमा गहिरो चोट लागेको छ भने मोदनाथको टाउको र कुममा चोट लागेको छ । गाडीमा ३२ जना विद्यार्थी, दुई जना शिक्षक, चालक र सहचालक रहेका थिए । अन्य विद्यार्थीहरु सामान्य घाइते भएको हुँदा घर फर्किसकेका छन् ।

आर्थिक पत्रकार समाजले दुबैजनाको उपचारार्थ कोष खडा गरी सहयोगका लागि सबैमा अपिल गरेको छ । कोषमा सहयोग गर्न चाहाने व्यक्तिहरुले नेपाल बंगलादेश (एनबी) बैंकको बिजुली बजारस्थित मूख्य शाखामा खाता नम्बर ‘००५००५१५७०४१पी’ रकम जम्मा गरिदिन सक्नेछन् ।

अथवा सेजनको अनामनगरमा रहेको सचिवालयमा सहयोग उपलब्ध गराइदिन पनि सकिने छ । सेजनले देश विदेशमा रहेका सुभेच्छुकहरुलाई सक्दो सहयोग उपलब्ध गराई उपचारमा सहयोग गरिदिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment