Comments Add Comment

बैद्यलाई सहयात्री दलको प्रश्न-वालुवाटारमा जाँदा चाहिएन, आन्दोलन गर्न मोर्चा चाहियो ?

१२ साउन, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा चर्को विवाद भएको छ । बैद्य माओवादीले मोर्चालाई पार्टीको भ्रातृ संगठनको व्यवहार गरेको भन्दै मोर्चामा आवद्ध दलहरुले विरोध गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले मोर्चाबाट अलगिएको घोषणा गरेको छ भने समाजिक लोकतान्त्रिक पार्टीसहितका दलहरुले पनि माओवादी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । ‘हिजो वालवाटारमा जाँदा ३३ दल चाहिएन । अहिले सडकमा आन्दोलन गर्न मात्र मोर्चा चाहियो ?’ एक नेताले भने-‘यो तपाईहरुको भ्रातृ संगठन होइन ।’

प्रधानमन्त्री सुशील कोइराला र प्रमुख तीन दलसँग गोलमेच सभाबारे भएको छलफलमा मोर्चालाई सहभागी नगराएको भन्दै नेताहरुले माओवादीको चर्को विरोध गरेका छन् ।

आइतबार बसेको ३३ दलीय मोर्चाको बैठकमा बैद्य माओवादीका सचिव देव गुरुङले भने कार्यदल विघटन गरेर चक्रिय प्रणालीमा जाँदा समस्या भएको भन्दै थुमथुम्याउने प्रयास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment