Comments Add Comment

विमानको चक्कामा आगो लाग्यो

१२ साउन, काठमाडौं । विमान बंगलादेशको विमानमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आगलागी भएको छ ।

विमानको पछाडिको दायाँ पट्टीको चक्कामा आगो लागेको हो । आगो तत्काल नियन्त्रणमा लिएकाले कुनै क्षति भने हुन सकेन । विमानमा सवार सबैको सकुशल उद्दार गरिएको छ ।

‘अवतरणका क्रममा फोर्स वढी भएका कारण धुवा निस्किएको हो’ विमानस्थलका प्रवक्ता वीरेन्द्रसंसार श्रेष्ठले अनलाइनखबरसँग भने-तत्काल नै आगो नियन्त्रणमा लिइएको छ ।’

अपराहृन ३:० को उडान स्थगित गरिएको छ । अब मंगलबार विमान बंगलादेशको प्राविधिक टोली आएर अध्ययन गरेपछि मात्र विमानले उडान गर्न मिल्ने नमिल्ने टुङ्गो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment