Comments Add Comment

सुष्मा स्वराजलाई गुहारिएको भन्दै संसदमा आपत्ति

१२ साउन, काठमाडौं । केही मधेश केन्दि्रत दलका नेताहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराज समक्ष आफूहरु नेपालमा दोस्रो दर्जाको नागरिक भएको भनी दिएको अभिव्यक्तिबारे व्यवस्थापिका संसदमा प्रश्न उठेको छ । सत्तारुढ नेपाली कांग्रेसका सभासद रामहरी खतिवडाले त्यस्तो अभिव्यक्ति दिने व्यक्ति नेपाली हुन नसक्ने बताए ।ramhari khatiwada

सभासद खतिवडाले विदेशीसामु झुकेर नेपालमा हस्तक्षेप गरिदेऊ भन्नु, आफूहरु दोस्रा दर्जाको नागरिक भएको भन्नु राष्ट्रघाती मानसिकताको उपज हो भने । ‘भारतीय विदेश मन्त्रीसँगको सामुहिक भेटमा जे कुरा उहाँहरुले राख्नुभएको छ, त्यसले हाम्रो शीर निहुराएको छ’ खतिवडाले भने । सो भेटमा कांग्रेस सभासद अमरेशकुमार सिंह पनि थिए ।

यसैबीच कांग्रेस सभासद सिंहले भने त्यस्तो कुरा कसैले नगरेको बताएका छन् । संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै गलत प्रचार गरिएको उनले बताए । ‘एकजनाले त्यो आशय व्यक्त गरे पनि खासमा विषयान्तर भयो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment