Comments Add Comment

एमाले अध्यक्ष ओली भोलि स्वदेश फर्किने

१२ साउन, काठमाडौँ । स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलवार स्वदेश फर्किने भएका छन् । ओली मङ्गलबार मध्याहृन काठमाडौँ आइपुग्ने कार्यक्रम छ । Kp oli

ओली त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई यही साउन ९ गते डिस्चाज भएका थिए । अध्यक्ष ओली फङ्गल सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन साउन ६ गते सिङ्गापुर गएका हुन ।

अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार अहिले उनको हातको समस्यामा सुधार आएको छ । ओली गत साउन ७ गते उक्त अस्पतालमा भर्ना भउका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment