Comments Add Comment

रामचन्द्र प्यासीको रिहाइको निवेदन खारेज

१२ साउन, हेटौंडा । बाराका एमाले नेता मोहमुद आलमको हत्या अभियोगमा वीरगञ्ज जेलमा रहेका एमाले नेता रामचन्द्र प्यासीले तारेखमा छुट्नका लागि दिएको निवेदन पुनरावेदन अदालत हेटौंडाले खारेज गरिदिएको छ ।

गतसाल असोजमा बारामा गोली प्रहार भएपछि एमाले नेता आलमको उपचारका क्रममा निधन भएको थियो । चुनावमा आफू उम्मेद्वार हुन नपाएको झोंकमा प्यासीको योजनामा आलमको हत्या भएको ठहरसहित जिल्ला अदालतको निर्णयबमोजिम प्यासी जेल परेका हुन् । प्यासीलाई एमालेले पार्टीबाट निस्कासन गरिसकेको छ ।

तारेखमा रिहा गरी अनुसन्धान अघि बढाउन माग गर्दै प्यासीले निवेदन दिएकोमा सोमबार हेटौंडा पुनरावेदन अदालतले उनको माग खारेज गरिदिएको मृतक आलममा छोरा मोबिन आलमले अनलाइनखबरलाई बताए ।

आलम हत्या प्रकरणमा प्यासीसहित अतिक खान, मनोज पाण्डे र राजु श्रीवास्तवसमेत यतिबेला वीरगञ्ज जेलमा रहेका छन् । उनीहरुमध्ये प्यासीले मात्रै रिहाइका लागि पुनरावेदन अदालतमा आवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment