Comments Add Comment

नेपाल-भारत सहमति सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

१२ साउन, काठमाडौं । सभामुख सुवासचन्द्र नेम्वाङले नेपाल-भारत संयुक्त आयोगको तेस्रो बैठकमा भएका सहमतिबारे सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

संसद्को शून्य र विशेष समयमा सभासदहरुले गत शनिबार सम्पन्न आयोगको बैठकमा भएका सहमतिबारे सदनलाई जानकारी गराउन माग गरेका थिए । लगतै सभामुख नेम्वाङले सभामुखले भने-‘दुई देशबीच भएका सहमतिबारे सदनलाई जानकारी छैन, माननीय सदस्यले बैठकमा आवाजसमेत उठाउनुभएको छ, त्यसैले सरकारलाई छिटोभन्दा छिटो सदनलाई जानकारी गराउन म निर्देशन दिन्छु ।’

बैठकमा सभासदहरुले नेपाल र भारतबीच २६ विषयमा सहमति भएको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएको तर सदनलाई जानकारी गराउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment