Comments Add Comment

भारतीय प्रधानमन्त्री भ्रमण : अन्तरदेशीय प्रसारण लाइन प्रमुख एजेन्डा

१३ साउन, काठमाडौँ । ऊर्जा मन्त्रालयले. आइतवार नेपाल भ्रमणमा आउन लागेका भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष तेस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रस्ताव राख्ने तयारी गरेको छ ।

नेपाल विद्युुत प्राधिकरणले प्रारम्भिक अध्ययन गथरिरहेको कैलालीको लम्कीदेखि भारतको बरेली वा सुर्खेतदेखि बरेलीसम्म ७ सय ६५ केभी उच्च क्षमताको प्रसारण लाइन बनाउन प्रस्ताव गरिने मन्त्रालयले जनाएको छ । यो प्रसारण लाइन करिव ४ सय किलोमिटर लामो हुनेछ । आजको नागरिक दैनिकले समाचार छापेको छ ।

मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बन्ने जलविद्युत आयोजनाको बिजुली भारत निर्यात गर्ने लक्ष्यका साथ यो प्रसारण लाइन प्रस्ताव गर्न लागिएको ऊर्जामन्त्री राधा ज्ञवालीले बताइन् ।

‘१० हजार ८ सय मेगावाटको जलाशययुक्त कर्णाली चिसापानीबाहेक मध्य तथा सुदूरपश्चिम क्षेत्रमा ४ हजार ७ सय मेगावाटका आयोजनाको अनुमतिपत्र जारी भइसकेको छ, मन्त्री ज्ञवालीले सोमबार भनिन्,’त्यति ठूलो परिणामको बिजुली देशभित्रै खपत हुन सक्दैन । हामी भारतसँग विद्युत व्यापार सम्झौता गर्दैछौँ, यही माध्यमबाट बिजुली निर्यात गर्न उच्च क्षमताको अन्तरदेशीय प्रसारण लाइन बनाउने गरी एजेन्डा तय गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment