Comments Add Comment

पोलिटब्युरोमा ‘ओली पक्ष कमजोर’, ओलीका ४१ र नेपालका २० जना अयोग्य

१३ साउन, काठमाडौँ । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीका दुईतिहाई सदस्य पोलिटब्युरो सदस्य हुन आयोग्य देखिएका छन् । नवौँ महाधिवेशनले संशोधन गरेको पार्टीको विधानको नयाँ ब्यवस्थाले उनीहरुलाई अघि बढ्न छेक्छ ।

विधानअनुसार पोलिटब्युरो सदस्य बन्न एक कार्यकाल केन्द्रीय सदस्य रहिसकेको हुनुपर्छ । धारा ३८ (ग) मा केन्द्रीय पदाधिकारी र पोलिटब्युरो सदस्य हुन कम्तीमा एक कार्यकाल केन्द्रीय कमिटी सदस्य रहिसकेको हुनुपर्ने व्यवस्था छ।आजको नागरिक दैनिकले समाचार छापेको छ ।

यसअघिको विधानमा पूर्ण केन्द्रीय सदस्यमध्ये जोकोही पोलिटब्युरोमा पुग्न सक्थे ।  विधान संसोधन भएपछि १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीमा पदाधिकारीबाहेक ३९ जना केन्द्रीय सदस्यको मात्रै पोलिटब्युरो सदस्य बन्न योग्यता पुग्छ । बाँकै सवै पहिलो पटक केन्द्रीय कमिटीमा पुगेका हुन् ।

बरिष्ठ नेतासहित १५ पदाधिकारी भने स्वतः पोलिटब्युरो जसदस्य हुन्छन् । निवर्तमान अध्यष दोस्रो बरियताका साथ बरिष्ठ नेता हुने प्रावधान छ । विधानले केन्द्रीय कमिटी संख्या एक तिहाई पोलिटव्युरो सदस्य हुने व्यवस्था गरेको छ । यही विधानअनुसार गठन हुने पोलिटव्युरोको संख्या १५ बैकल्पिकसहति ५३ सदस्यीय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment