Comments Add Comment

करदाता सक्कली, कागजात नक्कली

१३ साउन, काठमाडौँ । आफ्ना सवारी साधनको कर आफै नबुझाएर दलालको भर पर्ने कामकाजी सेवाग्राहीलाई झस्काउने नयाँ घटना सतहमा आएको छ ।

कर तिरिदिन्छु भन्दै मोटरसाइकल र चारपांग्रेको ब्लुबुकसँगै रकम लिएर नक्कली कागजात देखाई ठगी गर्ने गिरोह फेला परेको छ । किर्ते गर्दै ठग्दै आएका आत्माराम धिताल र सोनाम लामालाई यातायात व्यवस्था कार्यालय बागमतीले पक्राउ गरी सातदोबाटो प्रहरी बृत्तमा बुझाएको छ । आजको कारोबार दैनिकले समाचार छापेको छ ।

धिताल र लामाले मोटरसाइकलको वाषिर्क कर तिरिदिन्छु भन्दै सर्वसाधारणसँग् पैसा र ब्लुबुक लिई किर्ते कागज देखाएर रकम खल्तीमा हाल्ने गरेको सातदोबाटो प्रहरी प्रमुख राजेन्द्रकुमार थापाले बताए । धितालले रिकन्डिसनको समेत काम गर्दै आएका थिए । उनले रिकन्डिसनमा बिक्री गर्न भन्दै ल्याइएका मोटरसाइकलको किर्तै कागज बनाई बिक्री गर्ने गरेको कार्यालयका मोटरसाइकल शाखा प्रमुख बसन्त अधिकारीले बताए ।

सवारी साधनको कर तिर्न लामो लाइनमा बस्नु पर्ने भएकाले सेवाग्राहीहरु यस्ता दलालको भर पर्ने गरेका छन् । काठमाडौँमा धेरै दर्ताविहीन दलालले यस्तो सुविधा दिने भन्दै रकम असुलेर सवारी दर्ता किताबमा नक्कली छाप तथा हस्ताक्षर गर्ने गरेको उजुरी प्रहरीमा परेको छ । कतिपय दलाल फरार भइसक्दा वर्षौँदेखि नक्कली हस्ताक्षर चलिरहेको अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment