Comments Add Comment

थला पर्दै वीर अस्पताल

१३ साउन, काठमाडौँ । मुलुककै पुरानो र ठूलो वीर अस्पतालमा स्वास्थ्य उपचारका लागि आवश्यक उपकरण छैनन् र भएका पनि सद्दे छैनन् । अस्पतालमा १० वटा आईसीयू मेसिन बिग्रेर थन्किएको चार वर्ष भइसक्यो ।

नयाँ आइसीयू कक्षमा सञ्चालनमा आएका १५ वटा आइसीयू मेसिनमध्ये १० वटा केही महिनामै विगि्रएका थिए । तर कमिसनको खेलमा किनिएका ती मेसिन बनाउन अस्पतालले चासो दिएको छैन ।आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

त्यस्तै रेडियोलोजी विभागमा रहेको सिटिस्क्यान, मेमोग्राफी मेसिन बिगि्रएको पनि एक वर्ष भइसकेको छ । अथर्ेापेडिक विभागमा सिआर्म र ल्याप्रोस्कोपी सेट, लिनिइर स्केलेटर बिगि्रएको पनि लामो समय भइसकेको छ । झन्डै एक वर्षदेखि चारवटा डायलसिस मेसिन विग्रेर थन्किएका छन् । केन्द्रीय अस्पताल वीरमा अहिलेस्म्म एमआरआई जस्तो अत्यावश्यक मेसिन सञ्चालनमा छैन ।

रोग पत्ता लगाउने मेसिन प्याथोलोजी विभागमा मल्टिहेडेड टिचिङ माइक्रोस्कोप, सीएलईआईए, माइक्रोटम, फाइब पोर्टस कल्चर काउल्टर, ब्लड ग्यास एनालाइजर सञ्चालनमा छैन , युरोलोजी विभागमा युरोफ्लमेट्री, ल्याब सेरुम पीएसए, इन्डोस्कोपी सेट, बाइपोलार टियुआरपीसमेत छैन । आधारभूत उपकरणको समेत व्यवस्था नगर्दा चिकित्सकलाई रोगको निदान गर्न समस्या परिरहेको छ ।

जसले गर्दा देशभरबाट आउने विरामीले राम्रो उपचार पाउण्न नसकेको अवस्था छ । अस्ताल प्रशासन भने जनशक्ति र बजेट अभावले बिग्रीएका उपकरण मर्मत र सञ्चालन गर्न तथा नयाँ थप्न नसकिएको बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment