Comments Add Comment

सिकारीको सिकार बन्दै बाघ

१३ साउन, काठमाडौँ । जंगली जनवारमध्ये बाघ सिकारका लागि सबैभन्दा खप्पिस हो । एक सय वर्षअघि संसारभर एक लाखको संख्यामा रहेका यिनै सिकारी बाघको अहिले आफै सिकार हुने क्रम बढेको छ । चार सिकारीले बाघको हड्डी र छालाको अन्तर्राष्ट्रिय माग पूरा गर्न यसलाई निसाना बनाइसकेका छन् ।

एक सय वर्षमा ९७ प्रतिशत बाघ घटेको बाघको संख्या अहिले विश्वभर तीन हजार मात्रै छ । सन् २०१३ मा तीन हजार दुई सय रहेका बाघ एकै वर्षमा दुई सय घटेका छन् । आजको अन्न्पूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । यही अवस्थामा घटिरहे संसारभरबाट आगामी दश वर्षमा बाघ लोभ भइसक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

बाघको संख्या घट्नुमा सवैभन्दा ठूलो कारण चोरी सिकार हो । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रयास भइरहँदा नेपालमा पनि चोरी सिकार बढिरहेको छ । तराईमा पाइनो यो सुन्दर जनावरको छाला र हड्डी बरामद हुने क्रम जारी छ । गत वर्ष आर्थिक वर्षमा मात्रै पाँचवटा बाघका छादा तथा हड्डी बरामद भएका छन् ।

अरु दुई वटा मरेका बाघ फेला परेका छन् । ‘बाघका सवै अंग तथा रगतसमेत सिकारीले लैजाने कारणले यसको सिकार कहाँ भयो भन्ने पत्ता लगाउन पनि गाह्रो छ, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट डा. महेश्वर ढकालले भने । ‘ नेपालमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय २०, बर्दिया राष्ट्रि निकुञ्जमा ५०, शुक्लाफाँटा बन्यजुन्तु आरक्षमा १७, बाँकेमा चार, पर्सामा ७ गरी एक सय ९८ बटा बाघ छन् । बाघसम्बन्धी सार्वजनिक प्रतिवेदनहरुले नेपाललाई बाघका लागि संसारका १० जोखिमयुक्त क्षेत्रको सूचीमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment