Comments Add Comment

मंगलवारका छापाका मूख्य समाचार

राजधानीबाट प्रकाशित हुने सवैजसो दैनिक पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला नेपालले गर्ने ऊर्जा प्रस्तावलाई नै प्रमुख समाचार बनाएका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले मोदी समक्ष नेपालका तीन ऊर्जा प्रस्ताव शीर्षकमा मूख्य समाचार छापेको छ । यस्तै मुद्दामाथि मुद्दामा पुरियो न्याय शीर्षकमा अर्को समाचार छापेको छ । यस्तै सोमबार बसेको संसद वैठकमा ४ सय ४४ सभासद गयल भएको समाचार पनि अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

यसैगरी नागरिक दैनिकले भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला अन्तरदेशीय प्रसारण लाइन विस्तारलाई प्रमुख एजेन्डा बनाउने ऊर्जा मन्त्रालयको तयारी रहेको समाचारलाई मूख्य समाचार बनाएको छ । यस्तै वीर अस्पतालमा आवासीय डाक्टर हडतालमा उत्रिएपछि विरामी प्रभावित भएको समाचार पनि छापेको छ भने एमाले पोलिटव्युरोमा ओली पक्ष कमजोर रहेको समाचार पनि छापेको छ ।

यसैगरी राजधानी दैनिकले नेपालको संसदीय इतिहासमै पहिलो पटक अवहेलनासम्बन्धी विधेयकमाथि जनमत संकलन गरिने भएको समाचारलाई मूख्य समाचार बनाएको छ । यस्तै उसले मोदी भ्रमणमा ऊर्जाका तीन प्रस्ताव शीर्षकमा अर्को समाचार छापेको छ ।

annapurna

karobar

nagarik

rajdhani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment