Comments Add Comment

आज इद उल फित्र मनाइँदै

१३ साउन, काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र मनाइँदै छ । एक महिना लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी मुस्लिम समूदायले इद उल फित्र मनाउने गर्दछन् । रमजान पर्व सकिएको भोलिपल्ट इद उल फित्र मनाउने गरिन्छ । इद उल फित्रका अवसरमा सरकारले मंगलवार सार्वजनिक विदा दिएको छ ।

यसैवीच राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपराष्ट्रपति परमामन्द झा, कांग्रेस उपसचापति रामचन्द्र पौडेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यष पुशपति शमशेर राणा लगायत विभिन्न दलका नेताहरुले इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति यादवले इस्लाम धर्मावलम्बीको पर्व इल उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा राष्ट्रपति डा यादवले रमदानका अवसरमा लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी भाइचारा अभिवृद्धि गर्न सहयोग पुर्‍याउने यस चाडले मुसलमान समुदायमा विशेष महत्व राख्ने उल्लेख गरेका छन् ।

यस्तै उपराष्ट्रपति परमानन्द झाले देशविदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विको कामना गर्दै यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुसलमान समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । जाति, धर्म, संस्कृति, वेशभूषा र भाषिक विविधता भएका नागरिकको बसोबासले नै नेपाल रमणीय बनेको र नेपालीमा रहेको सहिष्णुता, सहयोगी भावना र भातृत्वको भावले विविधता रहेका जातजाति, धर्म, भाषा र सम्प्रदायका नागरिकका बीचमा कायम भएको सद्भावले मुलुकमा शान्ति स्थापना गर्न सहयोग गरेको प्रधानमन्त्री कोइरालाले उल्लेख गरेका छन् ।

यसैगरी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि इद उल फित्रको अवसरमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार सुनिश्चित गर्न तथा महिला, दलित, मुसलमानको विशेषाधिकारसहितको संविधान निर्माणका लागि ऊर्जा मिलोस् भन्ने कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment