Comments Add Comment

गाईपालनबाटै मनग्य आम्दानी गर्छन् अधिकारी दम्पत्ति

निमुसंगम घर्ती

१३ साउन, दाङ । मेहेनत गर्न सके घरमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् दाङका एक किसान दम्पत्ति । कमाईका लागि परिवारबाट टाढा रहने वा विदेशिने र त्यही एक जनाको कमाईले घरको सारा परिवार पालिनु पर्ने बाध्यता धैरैसँग छ नेपाली समाजमा ।

तर दाङ चैलाही-२ लमहीका केशव अधिकारी र देवा अधिकारीले अहिले व्यवसायिक गाई पालन गरेर मनग्य अाम्दानी गरिरहेका छन् । हिजोआज दुवै जना गाईको स्याहार सुसारमै ब्यस्त छन् ।cow-farm

विहान उठेदेखि वेलुकासम्म गोठमै दिन वित्छ । गाईलाई दाना पानी, न्वाई ध्वाई, घाँस पात गर्दैमा दिन वितेको पत्तै हुदैन् । ‘दिन गाई गोठमै वित्छ, गाईको स्याहार संमहारमा दिन वितेको थाहै हुदैन, ‘केशवले भनेे,’ब्यवसायिक रुपमा गाई पालेको छु, आम्दानी पनि वढ्दै छ ।’ सरकारले पनि कृषि र पुश पालन क्षेत्रलाई प्राथमिकता दिएको देखेर उनले पनि गाई पाल्ने तयारी गरे । फलस्वरुप उनले ब्यावसायीक गाई र्फम खोले ।

सुरुमा समुह मार्फत वाट सुरु गरिएको गाई र्फम अहीले उनले एक्लै र्फम सञ्चालन गरेका छन् । ‘गाई पाल्नकै लागि घर भन्दा अली टाढा गोठमै वस्दै आएका छौँ, काममा हात हालेपछि त्यसमा निरन्तर लागिरहे सफलता पनि हाँसिल हुन्छ भन्ने वुझेका छौं’ देवाले भनिन्-‘छोराहरुले बजारमा ब्यवसाय गर्छन्, हामी वुढावुढी ब्यावसायिक गाई पालनमा लागेका छौं ।’

दुहुना, गाविनो र वाच्छा बाच्छि गरी ३८ वटा गाईले गोठ भरिएको छ । सतवरीया ७ जहरेमा १७ लाखको लगानीमा चैलाही-२ लमहीका केशव अधिकारीले ब्यावसायीक रुपमा गाई र्फम खोलेका हुन् । अहिले दैनिक ४० लिटर दुध विक्रि वितरण भइरहेको छ । गाई र्फमका लागि अहिलेसम्म १७ लाख लगानी गरेका छन् । बजारमा खुलेका डेरी उद्योगले गोठमै आएर दुध लैजाने गरेका छन् ।’दुध विक्रि गर्न कुनै समस्या छैन्, अधिकारीले भने,’जति उत्पादन हुन्छ सवै बजार जान्छ ।’

अधिकारीको गोठमा दुना-७, गाविना ८ वटा गाई छन् । त्यसैगरी वाच्छी ८ वटा छन् र वाच्छा एउटा मात्र छ । गाई पालनमा ब्यक्तिगत लगानी मात्रै छ । श्रीमान र श्रीमती दुवै एउटै काममा दत्त चित्त भएर काम गर्दाको आनन्द र कमाईमा परिवारै खुसी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment