Comments Add Comment

चार वर्षदेखि बिपी प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सञ्चालनमा

१३ साउन, सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशिष्ट सेवा विस्तारका क्रममा न्युरो सर्जरी सेवासम्बन्धी आकस्मिक तथा नियमित सम्पूर्ण सेवा सञ्चालन प्रारम्भ भएको छ ।

प्रतिष्ठानमा न्युरो सर्जन गुणराज पौडेल आएपछि न्युरो सर्जरीसम्बन्धी सेवा सञ्चालन भएकोे प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए । न्युरो सर्जन यम रोक्काले प्रतिष्ठान छाडी गएपछि करिब चार वर्षदेखि न्युरोसम्बन्धी सेवा पाउनबाट बिरामी वञ्चित भएका थिए ।

यसअघि ब्रेन तथा स्नायु टयुमर भएका, ब्रेनमा पानी जमेका, दुर्घटनामा परी टाउकामा गम्भीर चोट लागेकालगायतका बिरामीलाई प्रतिष्ठानले विराटनगर, सिलगढी, काठमाडौँलगायतका न्युरो अस्पतालमा सिफारिस गर्ने गरेका थिए ।

प्रतिष्ठानले बिरामीको सुविधालाई ध्यानमा राखेर हप्ताको सबै दिन न्युरो सर्जरीसम्बन्धी आकस्मिक तथा नियमित उपचार सेवाको व्यवस्था गरेको समेत तामाङले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment