Comments Add Comment

मोदीको भ्रमणलाई राष्ट्रिय हितमा उपयोग गर्न कांग्रेसको सुझाव

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई राष्ट्रिय हितमा अधिकतम उपयोग गर्न सुझाव दिएको छ ।

congress-flag

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पदाधिकारी बैठकमा मोदीको नेपाल भ्रमणका सम्बन्धमा सरकारले गरेका तयारीबारे जानकारी गराइनुका साथै त्यसलाई प्रभावकारी बनाउन सुझाव दिएको काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

बैठकमा मोदीको भ्रमणका अवसरमा भारत सरकारलाई ऊर्जा, अन्तर्राष्ट्रिय प्रसारण लाइनको निर्माण र कुनै बृहत् परियोजना सञ्चालनार्थ सहयोगका लागि सरकारले आग्रह गरोस् भन्ने विषयमा छलफल भएको थियो ।

पदाधिकारी बैठकमा पार्टीको साङ्गठनिक संरचना र महाधिवेशनका सम्बन्धमा समेत छलफल भएको थियो । मोदीको नेपाल भ्रमणपछि केन्द्रीय समितिको बैठक बसी यसबारे टुङ्गो लगाउने निचोड निकालिएको प्रवक्ता बडूले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment