Comments Add Comment

प्रमुख तीन दलवीच मोदीको भ्रमणबारे छलफल हुने

१३ साउन, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेपछि बस्ने बैठकले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई ऐतिहासिक र उपलव्धीमूल बनाउने विषयमा सत्तारुढ तथा प्रमुख प्रतिपक्षी दलबीच छलफल हुनेछ ।

बैठकमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख विपक्षी एनेकपा माओवादीका शीर्ष नेताहरुबीच मोदी भ्रमणलाई नेपालको हितमा उपयोग गर्ने विषयमा थप छलफल हुनेछ । यसअघि सोमवार बसेको बैठकमा १७ वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणमा नेपालले उठाउने विषय र आवश्यक तयारीका बारेमा छलफल भएको थियो ।

वैठकमा २६ सभासद मनोनयन, संविधान निर्माण प्रक्रिया लगायत समसामयिक विषयमा पनि छलफल हुने छ । यसअघि नेपाल-भारत सिमा विवाद र जलबिद्युत परियोजनाका बिषयमा भारत सरकारसँग छलफल गर्नु अघि प्रधानमन्त्रीले सोमवार नै जलस्रोत मन्त्रालयसँग छलफल गरेका थिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment