Comments Add Comment

खबरदार, अब हात मिलाउने होइन, मुठ्ठी जुधाउनुहोस्

साथीभाई भेटघाट हुँदा हात मिलाउने गरिन्छ । तर वैज्ञानिकहरुले भने हात नमिलाउन सुझाव दिँदै मुड्की जुधाउन सल्लाह दिएका छन् ।बेलायतको एवस्र्थ विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले अब हात मिलाउने (ह्याण्ड सेक) संस्कृतिलाई बाइ बाइ गर्न सुझाव दिएका छन् ।bumping-fists

शोधकर्ताहरुका अनुसार हात मिलाउनु भन्दा मुठ्ठी जुधाउनु धेरै स्वस्थकर अभिवादनको शैली हो । हस्त स्वास्थ्य सम्बन्धमा गरिएका विभिन्न अनुसन्धानले यस्तो देखाएको छ । वैज्ञानिकहरुले मुठ्ठी जुधाउने र हात मिलाउने मध्ये कुन बढि स्वस्थ शैली हो भन्ने कुरा पत्ता लगाउन ई कोली ब्याक्टेरियाको सर्ने दरको अध्ययन गरेका थिए ।

त्यस क्रममा हात मिलाउनु भन्दा हात माथि उठाएर हत्केला बजार्ने (हाइ फाइभ) शैलीबाट अभिवादन गर्दा ब्याक्टेरिया सर्ने दर ५० प्रतिशत कम हुने तथा मुठ्ठी बजार्ने शैल सबैभन्दा बढि सुरक्षित हुने र ९० प्रतिशत कम संक्रमण हुने पत्ता लागेको छ । शोधकर्ता डाक्टर डेभ व्हिटवर्थका अनुसार मुठ्ठी जुधाउने अभिवादन शैली सबैभन्दा बढि स्वस्थ तथा सुरक्षित हुनुको कारण यसो गर्दाको गति तथा सबैभन्दा कम सतह सम्पर्कमा आउनु हो ।

मानिसलाई हस्तमिलान भन्दा मुठ्ठी जुधाउने बानीलाई बढावा दिन लगाउने हो भने छालाबाट सर्ने विभिन्न खाले सरुवा रोगको संक्रमण कम हुने तकी उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment