Comments Add Comment

दुर्गममा शाखा खोल्ने लघुवित्तलाई डेढ करोड सापट

nrb१३ साउन काठमाडौं । नेपाल राष्ट्र बैंकले दुर्गम क्षेत्रमा शाखा खोल्ने लघुवित्त संस्थालाई १ करोड ६० लाख रुपैयाँ सापटी उपलब्ध गराएको छ । गत जेठ मसान्तसम्ममा शाखा खोल्ने तीन लघुवित्त संस्थालाई शुन्य व्याजदरमा सो रकम उपलब्ध गराएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको मौदि्रक नीतिमा राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई वित्तीय पहुँच नपुगेका दुर्गममा प्रति एक शाखा २० लाख रुपैयाँ शुन्य व्याजदरमा निश्चित अवधिका लागि उपलब्ध गराउने घोषणा गरेको थियो ।

दुर्गम क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न राष्ट्र बैंकले त्यस्ता क्षेत्रमा शाखा खोल्न प्रोत्साहन गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउँदै आएको छ ।

दुर्गम क्षेत्रमा शाखा विस्तार गर्ने वाणिज्य बैंकलाई निश्चित अवधिका लागि ४० लाख रुपैयाँ शुन्य व्याजदरमा उपलब्ध गराउने घोषणा गरे पनि कति संस्थालाई कति रकम उपलब्ध गराइयो भन्ने सार्वजानिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment