Comments Add Comment

ब्राजिलका प्रशिक्षकले खेलाडीहरुलाई भने-पुरुषहरु रुँदैनन्

Dunga

१३ साउन, काठमाडौं । ब्राजिलका नयाँ प्रशिक्षक डुंगाले विश्वकपका क्रममा खेलाडीहरुले देखाएको व्यवहारको आलोचना गरेका छन् ।

खेलाडीहरु रोएकोमा टिप्पणी गर्दै उनले भनको छन्-हामी मर्द हौं । पुरुष रुँदैनन् । यद्यपि हामी सबैको सम्मान गछौं ।’ चिलीविरुद्धको खेल अघि ब्राजिलियन खेलाडीहरुमा देखिएको भावविहल दृश्यले फुटबलको नकारात्मक छविलाई बढाउने उनले बताए ।

विश्वकपको प्रि क्वाटरफाइनलमा चिलीविरुद्धको खेलअघि राष्ट्रिय धुन बस्दा ब्राजिलका नेयमारसहितका खेलाडी रोएका थिए ।

ग्लोबो टीभीलाई दिएको अन्तरवार्तामा प्रशिक्षक डुंगाले विश्वकपकै क्रममा स्टार स्ट्राइकर नेयमार र ड्यानी अल्भेसको हेडर स्टाइल परिर्वतन गरेकोमा पनि असन्तुष्टि जनाए । ‘ध्यान राष्ट्रिय टिममा हुनुपर्छ, हामीले अन्तराष्ट्रिय खेलको प्रेस कन्फ्रेन्समा ब्राजिलको राम्रो खेलको प्रमोसन गर्नुपर्छ ।’

हेयर स्टाइल प्रतियोगिता अघि वा पछि परिर्वतन गर्नु पर्ने उनले बताए । मानिसहरुले मैदानमा के गर्छन्  हेर्न उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment