Comments Add Comment

कालिञ्चोक बैंकको साधारण सेयर साउनको तेस्रो हप्तादेखि

१३ साउन काठमाडौं । दोलखामा प्रधान कार्यालय रहेको क्षेत्रीयस्तरको कालिञ्चोक डेभलपमेन्ट बैंकले आगामी साउन २१ ग्तेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका ४ लाख ९० हजार कित्ता अर्थात ४ करोड ९० लाख रुपैयाँ बराबरका सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले छिटोमा साउन २७ गते र ढिलोमा भदौ ५ गते बिक्री बन्द गरिने जनाएको छ । न्यूनतम ५० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन ।

सेञ्चुरी कमर्शियल बैंक, लुम्बीनी बैंक र सानिमा बैंक उक्त सेयरको निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन् ।

सर्वसाधारणले विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा बैंकको सेयरका लागि दरखास्त बुझाउन सक्नेछन् । ग्रोमोर मर्चेन्ट बैंकर, कालिञ्चोक डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, साझा विकास बैंक, काँक्रेबिहार विकास बैंक, लक्ष्मी क्यापिटल मार्केट र गुडविल फाइनान्समा दरखास्त फारम बुझाउन सक्नेछन् ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा बैंकले ४ नम्बर पाएको छ । इक्राले एक देखि पाँच नम्बर दिन्छ । जसमा एक नम्बर अत्यन्तै बलियो हो भने पाँच नम्बर कमजोर हो ।
आर्थिक वर्ष २०७०/०७१ चैत मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको प्रति सेयर नेटवर्थ ३.५९ प्रतिशत छ । ०६९/०७० मा नेटवर्थ २.६५ प्रतिशत थियो । बैंकको प्रति सेयर आम्दानी भने १.८५ प्रतिशत ऋणात्मक छ । चैत मसान्तसम्ममा बैंकले १८ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment