Comments Add Comment

६० घन्टा नसुती देखाइयो ‘पुन्टे परेड’, एन्जिलाको प्रेम नवुझेका संयम

IMG_5713
चलचित्र ‘पुन्टे परेड’को सोमबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा च्यारेटी शो गरिएको छ । एक संस्थाको सहयोगार्थ सिनेमाको च्यारेटी गरिएको हो । चलचित्रलाई रंग पत्रकारहरुले समेत हेरेका छन् । च्यारेटीमा उपस्थित दर्शकहरुले सिनेमाको कमेडी पक्षलाई रुचाएका थिए । तर सिनेमाको सम्पूर्ण काम नै नसकी च्यारेटी गरिएकाले पनि दर्शक तथा पत्रकारले केही खल्लो माने ।

निर्देशक सुवास कोइरालाले च्यारेटीमा देखाउन भनेर आफूले ६० घन्टा नसुती काम गरेको बताए । जसका कारण पनि उनी कार्यक्रममा निक्कै तनावमा देखिएका थिए । हरी महत्तले बनाएको यो चलचित्रमा संयम पुरी, एन्जिला दाहाल मुख्य भूमिकामा छन् । सिनेमा हेरेका सबैले संयमको कामलाई प्रशंसा गरे । एन्जिलाको अभिनय पनि तारिफयोग्य रहेको धेरैको तर्क थियो ।

सिनेमाले प्लस टू पढ्दै गरेको एक यूवकको मनोविज्ञानलाई दर्शाउँछ । सिनेमा देशभर भाद्र २७ गतेबाट लाग्दैछ । IMG_5694

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment