Comments Add Comment

४३ सय नेपाली सेना विभिन्न देशको शान्ति कार्यमा संलग्न

१३ साउन, काठमाडौं । नेपालबाट संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा हाल चार हजार ३ सय ४२ सैनिकले सहभागिता जनाइरहेको नेपाली सेनाले जानकारी गराएको छ । सहभागी भईरहेका शान्ति सैनिकहरुको संख्या ४ हजार ३ सय ४२ पुगेको छ । पछिल्लो पटक साउथ सुडानमा शान्ति स्थापनाका लागि सोमवार राती २ सय ५० सैनिक त्यसतर्फ लागेपछि यो संख्या सार्वजनिक भएको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार साउथ सुडानमा मात्र महिलाहरुको संख्या ३४ रहेको छ भने सबै मिशनहरुमा गरी जम्मा ८६ जना महिलाहरु शान्ति सेनामा सहभागी भएका छन् । महिला सैनिकको शान्ति मिसनमा सहभागीतालाई भविष्यमा अझ बढाउने उद्देश्य नेपाली सेनाले लिएको पनि निर्देशनालयले जनाएको छ ।

हालसम्म नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघमा तैनाथ हुने शान्ति सैनिकको संख्या १ लाख ३ हजार ७ सय ३३ पुगेको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा हाल शान्ति सेनामा योगदान गर्ने राष्ट्रको श्रेणीमा नेपाल पांचौ स्थानमा रहेको छ । हालैमात्र शान्ति मिसन सम्बन्धी राष्ट्रसंघीय उपमहासचिवले नेपालको भ्रमण गरि नेपाली सेनाले विश्वमा शान्ति स्थापनामा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

शान्ति स्थापना कार्यको लागि संयुक्त राष्ट्रसंघको आव्हानमा यसै वर्षको जनवरी १४ देखि साउद सुडानमा खटिएको नेपाली सेनाको अर्जुनवाण गणका बाँकी ५ सय शान्ति सैनिकमध्ये साउन ४ गते २ सय ५० सैनिक त्यसतर्फ गएका थिए । साउन १२ गते राती थप २ सय ५० सैनिक त्यसतर्फ प्रस्थान गरेको निर्देशनालयले जनाएको छ ।

तत्कालिन चुनावी सरकारको मिति २०७० पुस २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले दक्षिण सुडानमा थप ८५० नपि|mको एक गण शान्ति सैनिक खटाउने निर्णय गरेको थियो । गत बर्ष दक्षिण सुडानमा द्वन्द्व चर्किई स्थानीय जनताहरुको सुरक्षामा संकट पैदा भए पछि राष्ट्रवसंघले नेपाली फौज मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment