Comments Add Comment

इन्जिनियरको भन्दा लेबरको तलव वृद्धि दोब्बर

१३ साउन, काठमाडौं । ठूलो धनराशी खर्च गरि पढेका इञ्जिनियरको भन्दा पढ्दै नपढेका लेबरको तलव झण्डै दोब्बरले बढेको छ । केन्द्रीय तथ्यांक विभागकले संकलन गरेको त्रैमासिक ज्याला सुचकांकमा निर्माण क्षेत्रमा कार्यरत इञ्जिनियरको भन्दा लेबरको तलव वृद्धि उच्च रहेको देखिएको हो ।

विगत ६ वर्षमा मजदूरको ज्याला १४४ प्रतिशतले बढेको छ भने इञ्जिनियरको तलव ७७ प्रतिशतले मात्र बढेको छ । जुन ज्याला वृद्धिदर इञ्जिनिरको भन्दा मजदूरको झण्डै दोब्बर हो ।

Salary increase_650

विभागको ज्याला सुचकांकलाई आधार मान्ने हो भने आर्थिक वर्ष २०६४/०६५ मा सय रुपैयाँ ज्याला बुझ्ने लेबरले गत चैतमा २४४ रुपैयाँ बुझ्न थालिसकेका छन् । तर, सोही ज्यालादरमा काम सुरु गरेका इञ्जिनियरले भने जम्मा १७७ रुपैयाँमा चित्त बुझाउनुपरेको छ ।

तथ्यांक विभागका अनुसार निर्माण क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदूरको औषत ज्याला ६ वर्षमा १२८.९ प्रतिशतले तलब बढेको छ । यस अवधिमा सबैभन्दा बढी लेबरको ज्याला १४४.५ प्रतिशतले बढेको देखिन्छ । सबैभन्दा कम इन्जिनियरको ७७ प्रतिशतले मात्र तलब बढेको देखिएको छ ।

यस अवधिमा सव-इञ्जिनियरको तलव ९५.८ प्रतिशतले बढेको छ भने सुपरभाइजरको १३३ प्रतिशतले बढेको छ । त्यस्तै, डकर्मीको ११८.२ प्रतिशत, सिकर्मीको ११९.५ प्रतिशत, इलेक्टि्रसियनको ११६.४ प्रतिशत र पेन्टरको १२३.५ प्रतिशत तलब वृद्धि भएको छ ।

Jyala-bridhi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment