Comments Add Comment

मोदीसँग हिन्दुराष्ट्र र राजसंस्थाबारे कुरा गर्दैनौं : कमल थापा

१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालको आन्तरिक राजनीतिको विषयमा कुरा गर्न नहुने बताएका छन् ।

Kamal-thapaहिन्दुराष्ट्र, राजसंस्था, धर्मनिरपेक्षता र गणतन्त्र नेपालको आन्तरिक मामिला भएको भन्दै उनले मोदीसँग यसवारेमा कुरा नगर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा राप्रपा नेपालका अध्यक्ष थापाले भने-हिन्दुराष्ट्र, राजतन्त्र, धर्मनिरपेक्षता र गणतन्त्र आन्तरिक मामिला हो । यसलाई हामी आफैंले समाधान गर्नुपर्छ, यसमा भारतीय प्रधानमन्त्रीलाई तानेर विवाद बढाउनु हुँदैन ।’ मोदीको भ्रमणको बेला नेपालले राजनीतिक विषय छाडेर आर्थिक विकासको एजेण्डालाई अघि सार्नु पर्ने उनको तर्क छ ।

मोदीले छिमेकी पहिले भन्ने अवधारणा ल्याएकोले आसन्न भ्रमण समस्या समाधानको विन्दु हुन सक्ने भन्दै उनले संसदमा मोदीले गर्ने सम्बोधनमा नेपालप्रतिको नयाँ भिजन सार्वजनिक हुने विश्वास ब्यक्त गरे । नेपाल-भारत सम्बन्ध बहुआयामिक भए जस्तै समस्या पनि बहुआयामिक भएको भन्दै उनले समाधानको लागि नेपाल आफैले रोडम्याप तय गर्नु पर्नेमा जोड दिए ।

राप्रपा नेपालका अध्यक्ष थापाले मोदीको भ्रमण अघि तीन दलले सेण्डिकेट बनाएर राष्ट्रिय सहमतिको खोक्रो एजेण्डा तय गर्न लागिएको भन्दै आपत्ति जनाए । सबै दलको सहमतिमा एजेण्डा तय गर्नु पर्ने भन्दै उनले भने-‘तीन दलको घेरमा गरिने राष्ट्रिय सहमति प्रत्यूत्तपादक हुन्छ । सरकार सहमति जुटाउन उदासिन देखिएको छ ।’

विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको बेला पनि नेपालले माग मात्रै राखेको तर, राष्ट्रिय एजेण्डा तय नगरेकाले भ्रमण फलदायी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment