Comments Add Comment

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

१३ साउन, रौतहट । जंगली हात्तीको आक्रमणमा परी रौतहटमा एक महिलाको ज्यान गएको छ । राष्ट्रिय वन क्षेत्रमा दाउरा लिन गएकी सिमरी ५ का रवी माझीकी ३० वर्षीया श्रीमती पार्वती माझीको मृत्यु भएको हो ।

बिहान खाना खाएर जंगलमा दाउरा खोज्न गएकी उनी साइकलमा फर्कदै गर्दा धन्सर खोला नजिक आक्रमणमा परेकी थिइन । आक्रमणपछिट हात्ती पुनः जंगल पसेको स्थानीयबासीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment