Comments Add Comment

रिम्पोचेको पार्थिव शरीर काठमाडौं ल्याइयो, बिहीबार अन्त्यष्टि गरिने

Rimpoche (2)

१३ साउन, काठमाडौं । बौद्ध धर्मगुरु श्यामार रिम्पोचेका पार्थिव शरीर अन्त्यष्टिका लागि काठमाडौं ल्याइएको छ । सरकारले नेपालमा अन्त्यष्टि गर्न अनुमति दिएपछि भारतको रिम्पोचेको पार्थिव शरीरलाई कालिङपोङबाट काठमाडौं ल्याइएको हो ।

उनको पार्थिव शरीरलाई रानीवनमा लगिएको छ । उनको पार्थिव शरीर बुधबार दिन श्रद्धान्जलीका लागि राखिनेछ भने बिहीबार अन्त्यष्टि गरिनेछ । सरकारले रानीवनस्थित स्यारभन गुम्बा तथा महावीर गोन्छेनको आफ्नै परिसरमा अन्त्येष्टि गर्न दिन अनुमति दिएको थियो ।

भुटानमा जन्मेर नेपालमा प्रसिद्धि कमाएका बौद्ध धर्मगुरु रिम्पोचेको ६१ वर्षको उमेरमा जेठ २८ गते जर्मनीमा हृदयघातबाट निधन भयो । धर्मगुरु श्यामार्पा रिम्पोछले आफ्नो अन्तिम संस्कार नेपालमै गर्ने इच्छा देखाएका थिए । उनको इच्छा वमोजिम शव नेपालमै ल्याउन उनका अनुयायीले सरकारलार्इ निरन्तर अनुरोध गरेका थिए ।

बौद्ध धर्ममा कर्मपापछि दोस्रो ठूला धर्मगुरुका रुपमा श्यामार्पा रिम्पोछेलाई मानिन्छ । भुटानमा जन्मेर नेपालमा बसी बौद्ध धर्मको प्रवर्द्दनमा महत्वपूर्ण भूमिका खेलेका रिम्पोछेले काठमाडौंको रानीवनमा करिब ८० रोपनी जग्गामा बौद्ध गुम्बा बनाएका छन् । दिवंगत रिम्पोछे स्यार्मिनुव फाउन्डेशन र योल्मोकाग्यु साङाग् लाछोगहाका प्रमुख संरक्षकसमेत थिए ।

जर्मनीमा मृत्यु भएपछि रिम्पोछेको शव भुटान पनि लगिएको थियो । भुटानी राजपरिवारको इच्छा वमोजिम रिम्पोछेको शव भुटान लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment