+
+

सुष्माले एक्लै भेट्ने पशुपतिसमशेरको के हैसियत ?

सुष्मा स्वराजको मिटिङबारे अनेकौं कुरा भए । तपाईहरुलाई थाहा होला, सबैभन्दा पहिले सुष्मा स्वराजले पशुपतिसमशेर राणालाई भेट्नुभो । कुनै मिडियाको लागि यो आश्चर्यको विषय बन्यो ? यो देशमा पशुपतिसमशेर राणाको के हैसियत छ ? अनि यो देशमा उपेन्द्र यादव शरतसिंह भण्डारी, अनिल झाको के हैसियत छ ? यो कुरा भनिराख्नुपर्छ ? तर, यहाँनेर राजेन्द्र महतोलाई भेटेको भए, अमरेश सिंहलाई भेटेको भए भोलिपल्टको मेन न्युज के हुन्थ्यो ?

तुलानारायण साह तुलानारायण साह
२०७१ साउन १३ गते १८:१२

Tula-narayan-shaनिश्चलनाथ पाण्डे, रमेशनाथ पाण्डेका छोरा, एकजना खान्दानी परिवारका व्यक्तित्व हुन् नेपालमा । मंगलबार कि बुधबार उहाँले नेतृत्व गरेको संस्थाले सी रजामोहनको नेतृत्वमा एउटा गोष्ठी गर्‍यो । त्यो गोष्ठीको समाचार सबै पत्रिकामा आएको छ । तर, द हिमालयन टाइम्सले मेन न्युज बनाएको छ ।

त्यो समाचारको अन्तिम हरफमा निश्चलनाथ पाण्डेले भनेका छन् कि नेपालका जर्नेलहरु र सचिवहरु रिटायर्ड भएपछि बढी बुद्धिमान हुन्छन् । मैले त्यही लाइन झिकेर लिंकसहित टि्वट गर्दिएँ । भोलिपल्ट हेर्छु, एउटा पनि प्रतिक्रिया आएको छैन । यो के हो काठमाडौंको मनोविज्ञान ? हाम्रो प्रश्न यहाँनेर छ ।

खोभारी रायजी एकजना नेता हुनुहुन्छ, काठमाडौंका लागि उपहासको विषय, सर्लाहीका लागि लोकप्रिय नेता । चुनाव हार्नु जित्नु आफ्नो ठाउँमा छ । उहाँलाई एउटा पत्रकारले सोध्यो रे, तपाईको बारेमा काठमाडौंको पत्रिकामा यत्रो धेरै विरोध हुन्छ, तपाई केही चासो राख्नुहुन्न ? उहाँले भन्नुभएको थियो, काठमाडौको पत्रिका पढेर मलाई भोट दिँदैनन् यहाँका जनताले । त्यसैले जे लेख्न मन लाग्छ, लेखोस् । म आफ्नो काम गर्छु । र, उहाँको भोट घटेको पनि छैन । कुरा के हो भने काठमाडौंको मिडियाको यो चुनौतीको विषय हो कि उसको स्वीकार्यताको विषय मधेसमा कसरी हुन्छ ?

सुष्मा स्वराज र मधेसी नेताको भेटबारे

सुष्मा स्वराजको मिटिङबारे अनेकौं कुरा भए । तपाईहरुलाई थाहा होला, सबैभन्दा पहिले सुष्मा स्वराजले पशुपतिसमशेर राणालाई भेट्नुभो । कुनै मिडियाको लागि यो आश्चर्यको विषय बन्यो ? यो देशमा पशुपतिसमशेर राणाको के हैसियत छ ? अनि यो देशमा उपेन्द्र यादव शरतसिंह भण्डारी, अनिल झाको के हैसियत छ ? यो कुरा भनिराख्नुपर्छ ? तर, यहाँनेर राजेन्द्र महतोलाई भेटेको भए, अमरेश सिंहलाई भेटेको भए भोलिपल्टको मेन न्युज के हुन्थ्यो ?

पशुपतिसमशेरलाई भेटेर उहाँको नेपाल भ्रमण सुरु भयो, भोलिपल्ट ब्रेकफाष्टदेखि मधेसी नेताहरुसँग औपचारिक भेटघाट सुरु भयो । मधेसीहरुसँग किन भेट्यो ? यो समाचारको भाव के हो भने मधेसीहरुसँग किन भेट्ने सुष्मा स्वराजले ? एमालेको जत्थासँग भेटेन भनेर सबै मिडियाको न्युज बन्यो । तर, मधेसको नेतालाई नभेटेको भए त्यो न्युज बन्दैनथ्यो । वामदेव गौतम ३ घण्टा मल्ल होटलमा बसेर फर्कंदा यो त न्युज बन्यो ।

यसको मनोविज्ञान के हो भने मधेसीलाई किन भेट्नुपर्‍यो ? मधेसीलाई पनि भेट्ने ? मधेसीहरु त चुनाव हारिसक्यो । यिनीहरुलाई भेट्यो भने त देश टुक्रिन्छ, यो मनो विज्ञान नेपालको मिडियामा छ ।

भारतले वर्षेनी १३ करोड रुपैयाँ भूतपूर्व सैनिकको पेन्सन र अरु फाइदाका लागि नेपालमा खर्च गर्छ । मध्यपहाडी राजमार्ग भारतको प्राथमिकतामा पर्नुपर्छ, सबै मिडियामा न्युज छ । तर, हुलाकी राजमार्ग बनेन भन्ने कुरा दोस्रो प्राथमिकतामा परिराखेको छ । हिसाब गरौं न इण्डियाले कति यो देशमा दियो र त्यसको नाफा यो देशको कुन समुदायले लियो ? ब्ल्याक एण्ड ह्वाइटमा मधेसी र पहाडीको कुरा गरौं । वर्षेनी दिने हजारौं स्करलरशीपमा कति मधेसी जाँदारहेछन् ? वर्षेनी हुने सयौं सफिसियल टि्रपमा कति मधेसी पत्रकार जाँदारहेछन् ? भारतीय दूतावासले गर्ने कुराकानीमा कति मधेसी सहभागी हुँदारहेछन् ? वा भन्न हुने नहुने भारतीय पार्टीले पाउने सहयोगमा इण्डियन एम्बेसीले दिने सहयोगमा कुन पार्टीलाई कति दिन्छ ?

तथाकथित लोकतान्त्रिक भन्ने नेताका खान्दानबाट कति डाक्टर, कति इञ्जिनियर इण्डियन एम्बेसीको कल्चरल प्लानमा पाएको छ, कति मधेसीले पाएको छ, त्यसको पनि हिसाब गर्दा हुन्छ । कति जनरल साहेबहरु कति बेनिफिट पाउनुभएको छ, परारष्ट्र मन्त्रीले कति फाइदा पाएका छन्, यसको पनि हिसाब किताब गर्दा त हुन्थ्यो नि त । तर, मधेसीहरुलाई भारतीयले भेट्दा कोलाहल भयो यहाँ । त्यसैले यो प्रहार मधेसीलाई इण्डियनले भेट्नु हुँदैन भन्ने मनोविज्ञानबाट ग्रसित भएर यहाँ आएको छ । यसको हामीले जवाफ दिनुपर्छ ।

भारतको पनि आफ्नै टि्रटमेन्ट छ । मेघराज निषाददेखि लिएर महन्थ ठाकुर, अनिल झादेखि लिएर उपेन्द्र यादवसम्म सबैलाई एकै ठाउँमा राखेर भेट्ने, तर उहाँहरुलाई चाँहि छुट्टा-छुट्टै भेट्ने । इण्डियाको टि्रटमेन्टको शैली आफ्नो ठाउँमा छ । तर, यो त नेपालको पत्रकारले हेर्दैन । सामुहिक भेट दिँदा पनि किन दिने भनेर आपत्तिजनकरुपमा हेर्छ ।

(मधेसी पत्रकार संघले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा व्यक्त विचार)

लेखकको बारेमा
तुलानारायण साह

मधेस मुद्दामा रुचि राख्दै अध्ययन अनुसन्धानमा क्रियाशील साह राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?