Comments Add Comment

एमालेमा बराबर मत ल्याउने केन्द्रीय सदस्यको अझै टुंगो लागेन

१३ साउन, काठमाडौं । नेकपा एमालेको नवौँ महाधिवेशनको सम्पन्न भएको दुई साता पुग्दा पनि निर्वाचनमा बराबर मत ल्याउने दुई केन्द्रीय सदस्यका बारेमा टुङ्गो लाग्न सकेको छैन ।

बराबर मत आएपछि गोला प्रथाबाट निर्णय गर्न सम्बन्धित उम्मेद्वारलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगले पटकपटक बोलाउँदा पनि उहाँहरू अनुपस्थित भएपछि निर्णय हुन नसकेको हो । एमालेको खुल्लातर्फको पूर्ण केन्द्रीय सदस्यमा खिमलाल भट्टराई र नागेन्द्र चौधरी तथा मुस्लिम कोटातर्फ महमद महफुज अन्सारी र सिराज अहमद फारुकीले बराबर मत प्राप्त गरेका थिए । भट्टराई र चौधरीको समान ९८६ तथा अन्सारी र फारुकीले ९६४ मत प्राप्त गरेका थिए ।

महाधिवेशनको समापन कार्यक्रमका दिन साउन १ गते पार्टी केन्द्रीय कार्यालयमा निर्वाचन आयोगले चारैजनालाई आमन्त्रण गरेको थियो । तर, सबैजना उपस्थित नभएका कारण निर्णय हुन सकेन । त्यसपछि पनि बेलाउँदा सबै उपस्थित नभएको निर्वाचन आयोगका सदस्य रामराजा पोखरेलले बताउनुभयो ।

पोखरेलले गोला प्रथाबाट पराजित हुनेलाई पार्टीले मनोनयन गर्ने सुनिश्चित गर्न सहमति भएमा चाँडो निर्णय गर्न सजिलो हुने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment