Comments Add Comment

काठमाडौं, कास्की, मोरङ, सुनसरी र झापा सबैभन्दा असुरक्षित

१४ साउन, काठमाडौं । काठमाडौं, कास्की, मोरङ, सुनसरी र झापा देशका सबैभन्दा असुरक्षित जिल्ला रहेको प्रहरीको तथ्यांकले देखाएको छ । एक वर्षमा ती जिल्लामा सबैभन्दा धेरै अपराध हुने गरेको तथ्यांकका आधारमा प्रहरी प्रधान कार्यालयले असुरक्षित र संवेदनशील जिल्लामा राखेको हो ।
प्रहरी मुख्यालयले तयार पारेको आर्थिक वर्ष ०७०/७१ को तथ्यांकअनुसार काठमाडौंमा विभिन्न विसिमका पाँच हजार ६ सय ६५ अपराध भएका छन् । काठमाडौंमा सबैभन्दा धेरै अपराध भएको र संवेदनशील रहेको प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ ।
काठमाडौंमा ४५ जनाको हत्या तथा ८६ जनाको हत्या प्रयास भएको छ । दुई सय ७६ वटा चोरीका घटना भएका छन् । लागूऔषध सम्बन्धी दुई सय ४३, बलात्कारका घटना ८४, विद्युतीय कारोबार अन्तर्गत ४६ तथा दुई सय ८९ जनाको आत्महत्यासम्बन्धी अपराध प्रहरीमा दर्ता भएको तथ्यांक छ । काठमाडौंमा दुई सय ७१ वटा भवितव्य ज्यानका घटना भएका छन् ।
दोस्रो धेरै अपराध हुने जिल्ला कास्की छ । कास्कीमा १३ जनाको हत्या भएको छ । आत्महत्या, लागूऔषध तथा सवारी ज्यानसम्बन्धी मुद्दा धेरै छन् ।
मोरङमा एक वर्षमा एक हजार दुई सय ४० अपराधजन्य घटना भएका छन् । त्यस्तै सुनसरीमा २९ जनाकेा हत्या भएको, ३२ जनाको हत्या प्रयास भएको छ । पाँचौ धेरै अपराध हुने जिल्ला पूर्वाञ्चलकै झापा हो । झापामा २१ हत्यासहित एक हजार ७६ अपराध भएका छन् ।
कम अपराध हुने १० जिल्लामा बाजुरा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, दार्चुला, अछाम, जुम्ला र रसुवा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment