Comments Add Comment

धर्मगुरु श्यामर ‘नेपाली नागरिक’ रहेको खुलासा

rimpoche१४ साउन, काठमाडौं । बोद्ध धर्मगुरु श्यामर रिन्पोचे नेपाली नागरिकता बाहक रहेको तथ्य खुलेको छ । प्रधानमन्त्री सुशील कोइरालाको विशेष चासो र निर्देशनमा मन्त्रिपरिषद् बैठकले श्यामरको शव नेपाल ल्याउन दिने निर्णय गर्नेक्रममा उनी नेपाली नागरिकता बाहक रहेको तथ्य खुलेको हो ।
कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा एक साताअघि बसेको मन्त्रिपरिषद्को बैठकले विदेशी नागरिकको शव नेपालमा ल्याउन कानुन नभएको भन्दै श्यामरको शव नेपाल ल्याउन नदिने निर्णय गरेको थियो । सोही अनुसार गृह मन्त्रालयले विज्ञप्ती जारी गरी विदेशी नागरिकको शव नेपालमा ल्याउने कानुन नभएको जनाएको थियो । तर, प्रधानमन्त्री सुशील कोइरालाले जसरी पनि ल्याउन दिने नीति लिएपछि भएको छानविनका क्रममा श्यामरले नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको राजधानी दैनिकमा खबर छ ।
तिब्बतमा जन्मिएका श्यामरले नेपालका विभिन्न च्यानल प्रयोग गरी दोर्जे रिन्पोचेको नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ फागुन २०३२ मा नेपाली नागरिकता लिएका थिए । उनका लागि जारी गरिएको नागरिकताको नम्बर ४८४७ रहेको छ । उनले भुटानी नागरिकता लिएपछि भने नेपाली नागरिकता त्यागेका थिए । भारतको नयाँदिल्ली स्थित नेपाली दूतावासमा नागरिकता त्यागेको निवेदन दिएपछि २०५४ सालमा स्वीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment