Comments Add Comment

पारसको बैंकक नै बस्ने योजना

parash-shah१४ साउन, काठमाडौं । २१ साउनमा भिसा अवधी सकिने कारण फर्किने भनिएका पूर्वयुवराज पारस शाह सकेसम्म उत्रै बस्ने योजनामा छन् ।
फर्किने समाचार आएलगत्तै पारिवारिक विखण्डनसम्बन्धी खबरका कारण तत्काल नआउने मनस्थितिमा पुगेको जनआस्था साप्ताहिकमा खबर छ ।
अहिलेसम्म विद्यार्थी भिसामा बस्दै आएका उनले बैकक सरकारसमक्ष बिजिनेश भिसाको लागि आवेदन गरेका छन् । उनलाई लिन जाने भनिएका पुराना साथी राजेश सिंह अहिले नजाने भएका छन् । उनलाई पारसले नै तत्काल नआउन भनेका हुन् । फर्किने खबरसँगै बाबु ज्ञानेन्द्र निर्मल निवास खालि गरी आफू गृष्मकालीन दरबार नागार्जुन सरे । पत्नी हिमानीले पनि पारससँग नबस्ने बताइन् ।

पारस भने अझै पनि थाई प्रेमिका कन्निका चाइसानलाई छाड्न पक्षमा छैनन् । केही समयअघि प्रतिवन्धित लागू औषधसहित बैकक प्रहरीद्धारा पक्राउ परेका थिए । उक्त मुद्दामा यही १७ सायन, शनिबारका दिन सुनुवाई हुँदैछ । त्यसमा उनलाई सफाई दिने र थप हिरासत हुने दुवै सम्भावना उत्तिकै रहेको कानुनी सहयोगीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment