Comments Add Comment

बुधबारका छापामा मुख्य खबर

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले उर्जा व्यापार सम्झौता गर्न तीन दल सहमत भएको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा सम्झौता हुने खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले ओलीको कोर टिममा भएका नेताहरु, नेपालका पाँच असुरक्षित र १० सुरक्षित जिल्लाको खबर, त्रिविमा चरण लापरबाही भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले पेट्रोलियम मिसावट प्रकरणमा निगम र प्राधिकरण आपसमा पोलापोल गर्ने गरेको, मधेसका विस्थापितहरु गाउँमा स्थापित हुन थालेको, ओलीले राष्ट्रपति अनुमोदन गर्नुपर्छ भनेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले धर्मगुरु श्यामर नेपाली नागरिक भएको खुलासा भएको, सार्कमा काठमाडौंका खडक झलमल हुने, बाघ बढ्दा समस्या भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले विशेष पहलमा बौद्ध धर्मगुरु श्यामरको शव नेपाल ल्याएको, भीआईजीका अंगरक्षकलाई गोली हान्नेसम्मको अधिकार दिने खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment