Comments Add Comment

उत्कृष्ट परीक्षा केन्द्रको पुरस्कार कटौती

१४ साउन, काठमाडौं । प्रवेशिका परीक्षा सञ्चालनका क्रममा उत्कृष्ट ठहरिएका ७५ परीक्षा केन्द्रले सरकारले दिने पूर्वघोषणा गरेको पुरस्कार रकम एकाएक कटौती भएको छ ।
७५ जिल्लाका लागि १८ लाख ७५ हजार रुपैयाँ रकम पुरस्कार राखिएको थियो । सरकारले दिँदै आएको २५ हजार राशिको पुरस्कार रकम कटौतीमा परेपछि उत्कृष्ट ठहरिएका केन्द्रका केन्द्राध्यक्षले गुनासो गरेका छन् । सोअन्तर्गत १५ हजार रुपैयाँ विद्यालय र १० हजार रुपैयाँ केन्द्राध्यक्षलाई पुरस्कार दिइन्छ ।
शिक्षा मन्त्रालय, शिक्षा विभागमार्फत परीक्षा नियन्त्रण कार्यालयले हरेक जिल्लाका एक उत्कृष्ट परीक्षा केन्द्रलाई गत वर्षसम्म सो रकम पुरस्कारको रूपमा दिँदै आएको थियो ।
विसं २०७० को परीक्षामा व्यवस्थापन र मर्यादाका दृष्टिले हरेक जिल्ला परीक्षा समितिले हरेक वर्ष एक केन्द्र -विद्यालय) लाई उत्कृष्ट घोषित गरी पुरस्कार रकमका लागि सिफारिस गर्दैआएको छ ।
गत वर्षको परीक्षामा काठमाडौँ जिल्लाभरिमा उत्कृष्ट परीक्षा केन्द्र घोषित भएको थानकोटस्थित मङ्गलोदय उमाविका प्राचार्य लीलानाथ शर्माले एकाएक सो रकम नपाउने जानकारी आएको गुनासो गरेका थिए ।
पनिकाले तीन वर्षदेखि यस्तो पुरस्कार रकमको व्यवस्था गर्दै आएको छ । परीक्षामा चिट चोराउने, गुन्डागर्दी हुनेजस्ता विकृति रोक्नका लागि प्रोत्साहन दिन पुरस्कारको व्यवस्था गरिएको हो ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले विभागले सरकारबाट पाउनेमध्ये वाषिर्क चार अर्ब रुपैयाँ रकम पाउने कटौती भएकाले उत्कृष्ट केन्द्रलाई पुरस्कृत गर्न नसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment