Comments Add Comment

झगडा गर्नेलाई रूखमा बाँधेर सजाय दिइने

१४ साउन, मोरङ । गाउँमा बढ्दै गएको झैँझडा नियन्त्रण गर्न गाउँलेहरुले नयाँ नियम बनाएका छन् । मोरङको राजघाट-८ चक्रेटोलबासीले गाउँमा झगडा बढ्नुको कारण रक्सी र लागूऔषध सेवन रहेको निष्कर्ष निकाल्दै रक्सी सेवन गरी झगडा गर्नेलाई गाउँमा १२ घण्टा बाँधेर आफैंले सजाय दिने निर्णय गरेका छन् ।
गाउँमा बढ्दो झैंझडालाई न्यूनीकरण गर्न सोमबार भेला भएको गाउँलेको बैठकले स्थानीय आमा समूहकी अगुवा बिमला पोमूको अध्यक्षतामा सुरक्षा समिति गठन गरेर दोषीलाई सोही समितिबाट कारबाही गर्ने निर्णय गरेका हुन् ।
उनीहरुले गाउँमा रक्सी र लागुऔषध खाएर होहल्ला गर्नेलाई गाउँको मुख्य चौकमा रहेको ठूलो बरको रूखमुनि १२ घण्टा डोरीले बाँधेर सजाय दिने र आइन्दा होहल्ला गर्दिन भन्ने प्रतिबद्धता गराए छाड्ने निर्णय गरेको स्थानीय प्रभाति निमाविका शिक्षक मोहन चापागाईंले जानकारी दिए ।
गाउँलेले आफूले मिलाउन र कारबाही गर्न नसकेका घटना मात्र प्रहरी चौकीमा लाने निर्णय गरेका छन् । चक्रेटोल मोरङको उर्लाबारी नगरपालिकादेखि करिब चार किलोमिटर दक्षिणमा पर्दछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment