Comments Add Comment

विदेशी मुद्रा सञ्चिति २१ प्रतिशतले बढ्यो

१४ साउन काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा भएको वृद्धिसँगै मुलुकको आयात धान्ने क्षमता बढ्दै गएको छ । आयातमा आधारित अर्थतन्त्र भएकाले नेपालका लागि आयात धान्न सक्ने क्षमता बढ्नुलाई सकरात्मक मानिन्छ ।

nrbनेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनासम्ममा ६ खर्ब ४७ अर्ब ६४ करोड रुपैयाँ बैदेशिक मुद्रा सञ्चिति छ । यो गत वर्षको असार मसान्तभन्दा २१.४ प्रतिशतले बढी हो । २०७० असार मसान्तमा ५ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो ।

जेठ मसान्तसम्मको सञ्चित विदेशी मुद्राले ११ महिना दुई हप्ताको वस्तु आयात धान्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सोही अवधिको सञ्चितिले वस्तु तथा सेवाको आयात भने ९ महिना दुई हप्ताको धान्न सक्छ ।

कुल सञ्चितिमध्ये ०७० जेठ मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा ५ खर्ब ५४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । २०७० असारमा यस्तो सञ्चिति ४ खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ थियो । यस अवधिमा राष्ट्र बैंकका भएको कुल विदेशी मुद्रा सञ्चिति २२.५ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा भने बैकिङ्ग क्षेत्रको कुल सञ्चिति २०७० असारदेखि २०७१ जेठ मसान्तसम्ममा २१.० प्रतिशतले वृद्धि भई ६ अर्ब ७९ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति ११.३ प्रतिशतले बढेकोे थियो । त्यसैगरी, समीक्षा अवधिमा अपरिवत्र्य भारतीय मुद्रा सञ्चिति २०.२ प्रतिशतले वृद्धि भईर् भा.रु. ८९ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति १७.६ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment