Comments Add Comment

म्यानचेष्टर युनाइटेडद्वारा इटरमिलान पराजित

१४ साउन, काठमाडौं । लुइस भानगालको म्यानचेष्टर युनाइटेडले प्रि सिजन टुरमा विजयी यात्रा जारी राखेको छ ।

इन्टरनेशनल च्याम्पियन्स कपमा युनाइटेडले इन्टरमिलानलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गएिपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । यो सिजन इन्टरमिलन गएका भिडिक आफ्नो पूर्व क्लब युनाइटेडविरुद्ध मैदान उत्रिएका थिए ।

युनाइटेडले यसअघि रोमालाई ३-२ ले पराजित गरेको थियो । अब फाइनल प्रवेशका लागि रियल मडि्रडसाग खेल्नेछ । प्रि सिजन टुरको पहिलो खेलमा एल ए ग्यालेक्सीलाई ७-० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment