Comments Add Comment

साबेलाको स्थानमा मार्टिनो !

Sabela-and-martino

१४ साउन, काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक एलेजान्ड्रो साबेलाले पद छाडेका छन् । अर्जेन्टिनालाई ब्राजिलमा विश्वकपको फाइनलसम्म पुर्‍याएका साबेलाको स्थान बार्सिलोनाका पूर्व प्रशिक्षक जेरार्डो मार्टिनोले लिन सक्ने बताइएको छ ।

५९ वर्षीय साबेलाले विश्वकपलगतै प्रशिक्षक पद छाड्ने बताएपनि अर्जेन्टिनी फुटबल संघले भने कोपा अमेरिकासम्म निरन्तरता चाहेको थियो ।

तर, साबेलाले हालै मात्र पद छाड्ने निर्णय लिएको संघलार्इ जानकारी गराएको अर्जेन्टिनी सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग १-० गोलले पराजित भएको थियो । साबेला २०११ मा अर्जेन्टिनाको प्रशिक्षक बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment