Comments Add Comment

सिटिजन्सको ४३औं शाखा निजगढमा

Citizens-Bank-Bara
१४ साउन काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ४३औं शाखा बारा जिल्लाको निजगढमा खोलेको छ । शाखाको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरे ।

पथलैया र कोल्हवीमा शाखा खोलिसकेको बैंकका बारामा मात्र तीनवटा शाखा पुगेका छन् । सिटिजन बैंक निजगढमा शाखा खोल्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको छ ।

बैंकले आˆनो शाखा सुरुवात गरेको उपलक्ष्यमा आˆनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेत्रदया मावी र सार्वजनिक माध्यमिक विद्यालयको पुस्तकालयलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले निकट भविष्यमा भोजपुर, बझाङ्गको चैनपुर, बर्दियाको सानोश्री तथा सुनसरी जिल्लाको धरानबाट आˆनो शाखा सञ्चालनमा ल्याउने भ्ाएको छ ।

१४ अञ्चलमा फैलिएका यस बैंकको ४३ वटा शाखा, ३८ वटा एटीएम काउन्टर र २ सय २५ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

ग्ात आर्थिक वर्षमा बैंकले २७ अर्व ९६ करोड रुपैयाँ निक्षेप संकलन गरि २३ अर्व १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ५६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment