Comments Add Comment

स्कोलारी ग्रेमिओको प्रशिक्षकमा नियुक्त

Scolari

१४ साउन, काठमाडौं । लुइस स्कोलारी ब्राजिलियन क्लब ग्रेमिओको प्रशिक्षकमा नियुक्त भएका छन् ।

ग्रेमिओका प्रशिक्षक डुंगा राष्ट्रिय टोलीको प्रशिक्षक बनेपछि स्कोलारी उनको स्थान लिएका हुन् । ग्रेमिओ ब्राजिलियन लिगको उपविजेता हो ।

ब्राजिलमा हालै भएको विश्वकपमा स्कोलारी घरेलु टोलीको प्रशिक्षक थिए । तर, ब्राजिलले सेमिफाइनलसम्म मात्र यात्रा तय गर्न सक्यो ।

सेमिफाइनलमा व्यहोरेको ७-१ को हार ब्राजिलको फुटबल इतिहासमै सबैभन्दा लज्जास्पद हार हो । उसो त तेस्रो स्थानका लागि भएको खेलमा पनि घरेलु टोलीले नेदरल्याण्डसँग ३-० ले हार व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment