Comments Add Comment

‘मेरो भ्यालेन्टाइन’ स्टारको दम कती ?

nisha-dance-in-mero-valentien-pgm
विदेशी सिनेमाले नेपाली चलचित्रलाई चल्न दिदैनन् भन्ने धेरै सिनेमेकरका लागि ‘मेरो भ्यालेन्टाइन’को व्यापार एउटा जवाफ पनि हो । कारण, साउन १६ गते कुनै पनि नेपाली र विदेशी चलचित्र ‘मेरो भ्यालेन्टाइन’सँग जुध्ने छैनन् ।

सलमान खानको ‘किक’ ले साउन १६ मा चल्ने यो चलचित्रलाई खासै असर गर्ने देखिदैन । यस्तो, समयमा सोलो रिलिजको अवसर पाएको सुशिल श्रेष्ठ निर्मित चलचित्र ‘मेरो भ्यालेन्टाइन’ले गतिलो व्यापार गर्नुपर्ने देखिन्छ । निशा अधिकारी, बाबु बोगटी जस्ता चल्तीका स्टार यो सिनेमामा छन् । सुरज सुब्बा’नाल्बो’ जस्ता चलेका निर्देशकले यो सिनेमाको क्याप्टेनसिप समातेका हुन् ।

स्वतन्त्रप्रताप शाह र सुस्मिता ढकालले पनि दर्शकलाई हलसम्म तान्न केही हदसम्म मद्दत गर्नेछन् । यही कारणले पनि ‘मेरो भ्यालेन्टाइन’ नचलेको खण्डमा विदेशी सिनेमा र आफू-आफूमा जुधेर नेपाली चलचित्र नचलेका हुन् भन्नेहरुको बोली बन्द हुनेछ । सोलो रिलिजको यो सिनेमाका कलाकारको स्टारडम साउन १६ गतेको बक्स अफिस व्यापारले देखाउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment