Comments Add Comment

सलमानका ७ वटा फिल्म १ सय करोड क्लबमा

salman-khan
सलमान खानका ७ वटा सिनेमाले बक्स अफिसमा १ सय करोडमाथिको व्यापार गरेका छन् । योसँगै उनी सवैभन्दा धेरै सिनेमा १ सय करोडमा पुर्‍याउने पहिलो नायक बनेका छन् । चलचित्र ‘किक’ले ईदको अवसरमा २८ करोडको व्यापार गरेपछि सलमानले यो रेकर्ड बनाएका हुन् ।

सिनेमाले ५ दिनमा १ सय २६ करोडको व्यापार गरेको छ । ईदको अवसरमा प्रदर्शनमा आएको यो सिनेमाले आजसम्म बक्स अफिसमा भने कुनै रेकर्ड तोड्न सकेको छैन । चलचित्रलाई पहिलो सातामा ‘धुम ३’ ले बनाएको रेडर्क तोड्न पनि मुश्किल पर्ने देखिन्छ । सलमानलाई साहरुख खानको ‘चेन्नई एक्सप्रेस’ ले पहिलो सातामा बनाएका १५७ करोडको रेकर्ड तोड्न २ दिनमा अझै ३० करोडको व्यापार २ दिनमा गर्नुपर्ने हुन्छ ।

बक्स अफिसका सबै रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको यो चलचित्रले त्यो छनक भने देखाएको छैन । उनका ‘रेडी’, ‘दबंग’, ‘दबंग २’, ‘बडिगार्ड’, ‘एक था टाइगर’, ‘जय हो’ र ‘किक’ले सय करोड माथिको व्यापार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment