+
+

मोदी नेपाल आउँदा के गर्ने, के नगर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १४ गते १४:११

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा आउँदैछन् । डेढ दशकपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला भारतसँग गर्न सकिने सम्झौता र सहमतिबारे नेपालमा चर्को बहस भइरहेको छ ।

narendra modiदक्षिणतर्फको ठूलो छिमेकी देशका प्रधानमन्त्री भ्रमणमा आउने भएकाले भारतसँग उर्जासम्बन्धी सम्झौता गर्नका लागि सरकारसहितका ठूला दल लगभग सहमतिमा पुगेका छन् ।

मोदी आउने पूर्वसन्ध्यामा प्रमुख तीन दलले भारतसँग उर्जा व्यापार सम्झौता (पीटीए) गर्ने सहमति गरिसकेका छन् । यो अवस्थामा नेपालमा रहेको अथाह जलस्रोतबाट अधिकतम फाइदा लिने गरी भारतसँग नयाँ सम्झौता गर्नुपर्ने एकथरिको तर्क छ भने अर्काथरि भारतले धोका दिँदै आएकाले सजग हुनुपर्ने अडानमा छन् ।

यो अवस्थामा भारसँग उर्जा व्यापारसहित नेपालका नदीनालासँग जोडिएका सम्झौता गर्नु कति उचित होला ? सम्झौता कार्यान्वयनमा भारत साँच्चिकै प्रतिवद्ध भएर लाग्ला ? तपाईंलाई के लाग्छ ?

१) भारतले पहिले गरेका सम्झौता कार्यान्वयन नगरी धोका दिने गरेकाले नयाँ सम्झौता गर्नै हुँदैन । पहिले पुराना सम्झौता कार्यान्वयन गर्न मोदीलाई दबाव दिनुपर्छ ।

२) नयाँ सम्झौता गर्दा राम्रै हुन्छ । तर, सम्झौता कार्यान्वयन हुने वातावरण बनाएर त्यसबाट अधिकतमा लाभ नेपालले लिनुपर्छ ।

३) नेपालका नदीनालमाथि भारतले वक्रदृष्टि लगाइरहेकाले नेपालका नदीनालामा नेपाल आफैंले पूर्वाधार बनाएर फाइदा लिनुपर्छ । भारतसँग सम्झौता गर्ने वा भर पर्ने कामै छैन ।

४) भारतले जेजे भन्छ, त्यही गरे हुन्छ, मोदीमाथि आशंका गर्न जरुरी छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment