Comments Add Comment

खुल्यो बीमा समिति, कर्मचारीको आन्दोलन स्थगित

beema१४ साउन काठमाडौं । साउन १ गतेदेखि ठप्प रहेको बीमा समितिको कार्यालय बुधबारदेखि खुलेको छ । आन्दोलनरत कर्मचारी संघले आन्दोलन स्थगित गरेपछि ठप्प रहेको समिति खुलेको हो ।

आन्दोलनबाट बीमा क्षेत्रमा कार्यरत बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, सम्पूर्ण सेवाग्राही तथा बीमासँग सम्बन्धित सम्पूर्ण पक्षलाई संघर्षको कार्यक्रमबाट असर पर्ने देखिएकाले आन्दोल स्थगित गरिएको संघले जनाएको छ ।

अर्थ मन्त्रालयले समितिमाथि छानविन सुरु गरिसकेकाले सो कार्यलाई सहयोग गर्न आन्दोलन स्थगित गरिएको संघका अध्यक्ष शम्भु मिश्रले जानकारी दिए । व्यवस्थापनले कर्मचारीसँग गरेको सम्झौता अक्षरस पालना गर्नुपर्ने भन्दै गत असार नौ गतेदेखि कर्मचारीहरु आन्दोलित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment