Comments Add Comment

भारतीय मिडियामा सुशीलले ‘प्रोटोकल तोडेको’ चर्चा

१४ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न प्रधानमन्त्री सुशील कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षसम्मै स्वागत गर्ने निर्णयलाई भारतीय सञ्चारमाध्यमहरुले महत्वका साथ प्रचार गरेका छन् । तर, नेपालको सन्दर्भमा भने यस्ता प्रोटोकल तोडिने घटना बेला बेलामा हुने गरेकाले सामान्य भइसकेका छन् ।

कोइरालाले मोदीका लागि ‘प्रोटोकल’ तोडेको समाचार भारतको चर्चित टेलिभिजन सीएनएन आइबीएन, एबीपीलगायतका न्युज च्यानलले समाचार बनाएका छन् । त्यस्तै इण्डियन एक्सप्रेस लगायत पत्रिकाले पनि यो विषयलाई महत्व दिएका छन् । भारतीय सन्चारमाध्यमहरुले मोदीलाई नेपालले हालसम्मकै उच्चmodi-with-sushil-koirala सम्मान दिन लागेको र नेपाल भारत सम्बन्धको नयाँ आयाम शुरु हुन लागेको अर्थमा प्रचार गरेका छन् ।

वास्तवमा प्रधानमन्त्री कोइरालाले मोदीलाई विमानस्थलमै स्वागत गर्न जानु शिष्टाचार अर्थात प्रोटोकल तोडिएकै हो त ? यो प्रश्नको स्पष्ट जवाफ कुटनीतिमा हुन्न । नेपालमा २०६२/६३ को जनआन्दोलन लगत्तै प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री मनमोहन सिंह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए । उनले विमानस्थलबाटै कोइरालालाई एशियाकै अग्लो नेता भनेका थिए ।

मोदीलाई उच्च महत्व दिन र नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुगेको सन्देश प्रवाह गर्न प्रधानमन्त्री आफैं ‘रिसिभ’ गर्न जाने तय भएको एक बरिष्ठ मन्त्रीले बताए । ‘प्रोटोकल भनेको विशेष परिस्थितिमा निर्णय हुन्छ, यसपटक मोदीलाई विशेष महत्व दिने निर्णय बमोजिम प्रधानमन्त्रीले रिसिभ गर्ने निर्णय भएको हो’ उनले भने ।

यसअघि डा. बाबुराम भट्टरार्इ प्रधानमन्त्री भएका बेला तत्कालीन चिनियाँ प्रधानमन्त्री एक दिनका लागि नेपाल भ्रमणमा आउँदा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा स्वागत गरेका थिए। १७ वर्षअघि भारतीय प्रधानमन्त्री आइके गुजराल नेपाल आउँदा पनि मन्त्रीले मात्रै स्वागत गरेका थिए । नेपालका प्रधानमन्त्री भारत जाँदा पनि विदेश राज्यमन्त्री वा उच्चपदस्थ कर्मचारीले स्वागत गर्ने प्रचलन छ ।

विगतमा के थियो ?

नेपालमा पहिले शिष्टाचार महापाल भन्ने कार्यालय नै अलग्गै थियो । हाल उपराष्ट्रपतिको सरकारी आवास रहेको घर लैनचौरमा प्रोटोकल कार्यालय थियो । पछि यसलाई परराष्ट्र मन्त्रालयमा राखिएको हो ।

प्रोटोकलकै कुरा गर्दा चीनका तत्कालीन उपप्रधानमन्त्री देङ स्याओ पिङलाई स्वागत गर्न प्रधाममन्त्री कीर्तिनिधि बिष्ट नै विमानस्थलमा पुगेका थिए । पहिलो सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री राजीव गान्धीलाई तत्कालीन राजा वीरेन्द्रले स्वागत गरेका थिए ।

प्रोटोकलको विषय आवश्यकताअनुसार हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गरिसकेका बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी बताउँछन् । ‘खास अवस्थामा प्रोटोकल तोडिन्छ, विशेष महत्व दिने अवस्थामा यस्तो हुन्छ’ अधिकारी भन्छन् ‘कहिलेकहिँ जानी-जानी प्रोटोकल तोडिन्छन्’ ।

करेक्सन- असअघि प्रकाशित समाचारमा त्रुटीवस माधव नेपाल र सुजाता काेइरालाकाे कार्यकालमा चिनियाँ प्रधानमन्त्री नेपाल अाएकाे व्यहाेरा पर्न गएकाेमा सच्याइएकाे छ– सं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment